Thursday, June 28, 2018

HAPPY NEW YEAR कविता

HAPPY NEW YEAR 




प्रभात कालमा रश्मिले नदेख्दै 
मलाई पल्लो घरको कुखुराले 
उठ्ने संकेत गरेपछि
एकाएक मेरो निद 
नयाँ वर्षलाई स्वगत गर्दै भाग्यो 
तर
अहँ, मैले नयाँ वर्षमा देख्ने कुनै 
नयाँ कुरा देखिन 
फूल फुलेकै थिए
चराको ¥याङ्चुरुङ् सदाझैं थियो
कुकुरको भुकाई
अनि बालबच्चाको तोते बोलि ,
परेवाको प्रेम 
ती कुनैमा थिएन परिवर्तन 
समय उस्तै थियो 
हिजो पनि आकाशमा बादल 
आज पनि उहि बादल 
पानी पर्ने छाँट 
हिजो थियो 
आज  
गगनमा एक हुल कौवा 
उडेर कता गए थाहा भएन 
भँगेरा ओल्लो घर पल्लो घरका 
कठप्वाल चाहारि रहेछन् 
वरपर HAPPY NEW YEAR को 
आवाज गुन्जयमान भएको  
पढेका, नपढेका स्वरमा स्वर थप्दैछन् 
धनी अनि गरिब 
त्यसैमा अझ ठूलो आवाज थप्दैछन् 
भित्तामा सबैले नयाँ वर्ष झुन्ड्याएका छन्
कोहि छन् झुन्ड्याउने हतारोमा 
अकस्मात mobile को घन्टीले 
तिम्रो massage आएछ भन्दै मालाई
NEW YEAR
को शुभकामना दियो 
मैले पनि same to you को संकेत दिएँ 
यो प्रक्रिया कति समय चल्ने हो 
थाहा छैन मलाई 
व्यवहारमा परिबर्तन 
शब्दमा परिर्वतन 
पोहोर, अहिले आगौं 
अनि...........................
HAPPY NEW YEAR 

No comments:

Post a Comment